नेपाल बङ्गलादेश बैङ्कले नेपाल राष्ट्र बैङ्कद्वारा जारी गरिएको अन्तराष्ट्रिय प्रिपेड डलर कार्ड सम्बन्धी परिपत्र अनुसार एनबी अनलाइन कार्ड संचालनमा ल्याएको छ । 

यस सुविधा अन्तर्गत ग्राहकहरुले आफनो प्यान कार्डबाट खाता खोली अमेरिकन डलर पाँच सय बराबरको डलर कार्ड प्राप्त गर्न सक्नेछन् ।

उक्त कार्डबाट ग्राहकहरुले भारत बाहेकका मुलुकहरुबाट नेपालको प्रचलित कानूनले प्रतिबन्ध नलगाएका बिदेशी बस्तु तथा सेवा खरिद गर्दा भुक्तानी गर्न सक्नेछन् । 

उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थी वर्गका लागि विदेशबाट मगाइने आई–२० को लागि पनि उक्त कार्डबाट भुक्तानी गर्न सक्ने जानकारी गराएको छ ।

साथै सामाजिक संजालमार्फत आफनो व्यवसाय प्रर्वद्वनका लागि पनि उक्त कार्डबाट भुक्तानी गर्न सक्ने बैङ्कले जनाएको छ । 

0 Comments

Leave a Comment

This is a Sidebar position. Add your widgets in this position using Default Sidebar or a custom sidebar.